सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, असोज ६ । सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी । त्यसै सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।
केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गर्नुभयो ।
यो सँगै एमालेले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा