सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप, असोज ७। रामेछापबाट काठमाडौं आउँदै गरको बस रामेछापमै दुर्घटनामा परेको छ । दुर्घटनामा परेर तीन जनाको निधन भएको छ भने २० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको रामेछाप प्रहरीले जनाएको छ ।
बा २ ख ६३७२ नम्बरको बसर रामेछाप नगरपालिका ८, बाबियाखर्कमा दुर्घटनामा परेको हो । विरामीहरु मध्ये धेरैको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेहरुको रामेछापमै उपचार भइरहेको छ ।
घाइतेहरुका अनुसार बसमा ३० देखि ४० जना यात्रुहरु थिए । दुर्घटनाको कारण नखुलेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा