सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, आश्विन ६ । महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको छ। लोहारपट्टी नगरपालिकाका नेपाली काँग्रेसका मेयर उम्मेद्वार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनको पक्षमा २९२९ मत खसेको थियो।
त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसकै सरितादेवी शर्मा ४५५२ मतसहित विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका निशा साहको पक्षमा ३१०३ मत खसेको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा