सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ५ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३४ पैसा र विक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १६ पैसा र विक्रिदर २८ रुपैयाँ ३२ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र विक्रिदर २८ रुपैयाँ ०८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४८ पैसा र विक्रिदर २४ रुपैयाँ ६३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०९ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ २१ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ३९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा