सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज, असोज ५ । प्रदेश नं. २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा फेरि नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरूदेखिनै राजपा र कांग्रेसबीच प्रतिस्पर्धा रहेको वीरगञ्जको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले फेरि अग्रता लिएको हो। यसअघि राजपाले अग्रता लिएको थियो भने कांग्रेसले पछ्याइरहेको थियो ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीले २६०४ मत ल्याएका छन् भने उपमेयर शान्ति कार्कीले २७०९ मत पाएकी छन् ।
राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २५५८ मत ल्याएका छन् भने उपमेयर रम्भा मिश्राको २२०८ मत ल्याएर कांग्रेस उम्मेद्वारलाई पछ्याइरहेका छन्।फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रिवास्तवले १७८५ र उपमेयर रिंकु यादवले १६४५ मत पाएकी छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा