सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ४ । बुधबार पनि नेप्से परिसुचक ३ दशमलब ८९ अंकले ओरालो लागेको छ । बुधबार सेयर बजार १५ ३९. ८१ अंकमा झरेर बन्द भएको हो ।
वुधबार १५८ वटा कम्पनीको १० लाख १७ हजार पाँच सय ५८ कित्ता सेयर पाँच हजार ३८ पटक खरिदविक्री हुँदा ५४ करोड २४ लाख ४४ हजार सात सय ९० रुपैयाँको कारोबार भएको छ ।
वुधबार बीमा समुहको परिसुचक सबैभन्दा बढी २१ दशमलब १२ अंकले घटेको छ । त्यस्तै होटल ७.४९,विकास बैंक ६ .८४, बैंकिङ ५.७२ र जलविद्युत समुहको परिसुचक ४ अंकले घटेको हो । यता ट्रेडिङ, अन्य र फाइनान्स समुहको परिसुचक भने क्रमशः २२.८, ६.३६ र १.१५ अंकले बढेको छ ।
विशाल बजारका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा पूर्णिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सिनर्जी पावरका सेयरधनीले क्रमशः ५.७४, ५.०६ र ५ प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जनरल फाइनान्स, बरुण हाइड्रो, अरुण फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउनेमा कुवेर मर्चेन्ट फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले ८ दशमलव ८१ प्रतिशतले गुमाएका छन् । स्वरोजगार लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त, मिसन डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, एनआईबिएल समृद्धि फण्ड, अपि पावर कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा