सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ४ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागू गरेको छ । राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।
अहिले सत्ताबाट न्याय सम्बन्धी सेवा बढी भइरहेको नेकपा माओवादी रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले जानकारी दिए ।
रोल्पा जिल्लाभरी नै जनपरिषद गठन गरिएको छ । तत्कालिन गाविसमध्ये थवाङ माओवादीको विशेष ठाउँ भएकाले यहाँ पुनः जनसत्ता लागू गरिएको बताइएको छ । थवाङमा हुने सबैखालका काममा जनसत्ताका प्रमुखसँग सहकार्य गर्नुपर्ने नेकपा माओवादीले जनाएको छ । –नागरिक दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा