सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संसारमा नयाँ नयाँ प्रविधिहरू उत्पादन भइरहेका छन् । त्यसमाथि चीनले त झन् नयाँ प्राविधिक चमत्कार गर्नमा नाम नै बनाएको छ । चीनको हुनान प्रान्तको बाइलंग एलेभेटर संसारको सबभन्दा अग्लो आउटडोर लिफ्ट हो । पहाडको फेदबाट टुप्पोसम्म पुग्नका लागि यो लिफ्ट उपयोग हुन्छ । यसमा बसेर अद्भुत प्राकृतिक दृश्यहरू हेर्दै टुप्पोमा पुग्न सकिन्छ ।
यो लिफ्ट ३२६ मिटर अर्थात् एक हजार ७० फीट अग्लो छ । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा यो संसारको सबभन्दा अग्लो आउटडोर लिफ्टका रूपमा दर्ता गरिएको छ ।
लिफ्टमा डबल डेक एलेभेटर लगाइएको छ र हरेक एलेभेटरको भारवाहन क्षमता चार हजार ९०० किलोग्राम छ । सबभन्दा महत्त्वपूर्ण कुरा यो लिफ्ट चढेर तलबाट माथि पुग्न १ मिनेट ३२ सेकेन्ड लाग्छ । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा