सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, असोज ३ । लामखुटटेको टोकाईबाट सर्ने डेँगु रोगको प्रकोपले सर्लाहीको लालबन्दी पुरै प्रभावित भएको छ । डेँगु रोगको उपचारका लागि आसपासका जिल्ला अस्पतालमा स्थानीय बिरामीको भीड बढेपछि थप उपचारका लागि बिरामी काठमाडौ रिफर भएका छन । काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दुई हप्ताको अवधीमा करिब ४० जना बिरामी भर्ना भएको डा.शेरवहादुर पुनले बताउनुभयो ।
डा.पुनले भन्नुभयो,–‘ओपीडिमा उपचार गर्नेको संख्या गनिंदैन त्यहाँ त कति आउँछन कति तर इम्रजेन्सी उपचारमा ४० जनालाई उपचार गरेर घर पठाईसकेका छौं ।’ हाल टेकु अस्पतालमा भईरहेको बिरामीमा आधाभन्दा बढि हिस्सा डेँगुका बिरामीले ओगटेका छन् । डेँगुको प्रमुख लक्षण अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, जोर्नी मासपेशी दुख्ने, आँखा हल्का रातो हुने जिउमा बिमिरा आउने हुन् ।
उपचार र रोकथामका लागि लामखुटटेको टोकाईबाट बच्न झुल लगाएर सुत्ने घर वरिपरि पानी जम्न नदिने ताल, गमला, ड्रममा पानी जम्मा गरेर नराख्न अस्पताले सुझाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा