सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा असोज ३। पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको समूह विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी हुनुभएको छ ।
अन्सारीले आफ्नो प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिनुभयो ।
अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गर्नुभएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना आज बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बत्तीस वटा वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा