सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ – सोमबार बसेको मन्त्रीपरिषद बैठकले डाक्टरको लापहरवाहीले बिरामीको ज्यान गए डाक्टरले नै क्षतिपूर्ति विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भएको छ । विभिन्न अस्पतालमा उपचारका क्रममा विरामीको ज्यान जाने क्रम बढेको भन्दै जुन डाक्टरले विरामीको अप्रेसन गरेको हो उसैबाट क्षतिपूर्ति भराउने गरी कानुन बनाउन लागेको हो ।
त्यस्तै बैठकले प्रदेशसभा चुनावको पिछडिएको र अल्पसंख्यक समुदाय तोकेर राजपत्रमा प्रकाशन गर्ने, असोज २८ देखि ३० गतेसम्म हुने गैर आवासीय नेपाली विश्व सम्मेलनको लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने, संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी र आणविक अस्त्र निधेष सम्बन्धी सन्धीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
बैठकले सञ्चारमन्त्रालयको सञ्चार विज्ञको रुपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा