सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइनन् ।
तर आज सोमबारदेखि मिलन र उनका श्रीमान मेन्सनबिच औपचारिक रुपमै सम्बन्ध बिच्छेद भएको छ । सम्बन्ध बिच्छेदका कारण बारे केही खुलाउन नचाहेका मेन्सनले सोमबारबाट दुबै जना अलग भएको जानकारी भने दिए ।
यो बिषयमा मिलनसँग सम्पर्क गर्दा पछि कुरा गर्छु भनेर पन्छिन चाहिन् । गायक दीपक लिम्बुसँगको प्रेम प्रसंगका कारण मिलनको वैवाहिक सम्बन्धमा दरार आएको बजारमा चर्चा छ । तर दीपक र मिलनले यो कुरालाई अस्वीकार गर्दै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा