सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । सोमबार नेप्से नेप्से परिसूचक ४.२४ अंकले घटेर १५४३.७० अंकमा कायम भएको छ । बजार खुलेको केही समय बढेर १५ सय ५५ अंकमा पुगेको बजार अन्तत १५४३ .७० अंकमा झरेर बन्द भएको हो ।
सोमबार १६१ वटा कम्पनीको १० लाख ३५ हजार सात सय नौ कित्ता सेयर छ हजार तीन सय २५ पटक खरिदविक्री हुँदा ४६ करोड ९३ लाख ७४ हजार नौ सय ४६ रुपैयाँको कारोबार भएको छ ।
सोमबार आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो । सोमबार व्यापार २०.७, जलविद्युत् १४.८९ र उत्पादनमूलक समूह २.३३ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, बीमा र अन्य समूह क्रमशः २.५२, २०.०५, १.६२, ५.८६, ७९.६ र १.७३ अंकले घटेका छन् ।
सोमबार एभरेष्ट बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यसदिन यो बैंकको २ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको २ करोड ७५ लाखभन्दा बढी रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
आज पनि सर्वाधिक कमाउनेमा विशाल बजार कम्पनीका शेयरधनि रहे जसले ९।९८ प्रतिशतका दरले कमाउँदा हाम्रो विकास बैंकका सेयरधनीले ६।६३ प्रतिशतले कमाएका छन् ।गुमाउने कम्पनीहरुमा बरुण हाइड्रोका सेयरधनीले ४।३६ प्रतिशतका दरले गुमाए । दिव्यश्वरी हाइड्रो, सिन्धु विकास बैंक, सिनर्जी पावर, सनराइज बैंक, गुहेश्वरी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, एभरेष्ट बैंक, ङादी ग्रुप पावर, एनआईबिएल प्रगति फण्ड लगायतका सेयरधनीले पनि केही गुमाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा