सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली जापान आउनु भएको छ । एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुली जापान आउनुभएको हो ।
प्रधानन्यायाधीशहरुको १७ औँं सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका पराजुलीसहित मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइराला, डेपुटी रजिष्टार रामप्रसाद पौडेल पनि आउनुभएको छ ।
आजदेखि सुरु भई चार दिनसम्म जारी सम्मेलनमा न्यायपालिकाको कार्यलाई सुढृण बनाउने, जनविश्वास अभिवृद्धिका लागि अन्य देशमा भइरहेको प्रयास र अदालतको जनशक्ति सुधारमा हुनसक्ने प्रयासबारे छलफल हुनेछ ।
त्यस्तै, सम्मेलनमा अदालतको दक्षता अभिवृद्धि र पछिल्लो समयमा बढ्दै गएको पारिवारिक न्यायका विषयमा अदालतको भूमिका र नेपालले गरिरहेको पहल तथा छिमेकीमूलुक भारत, चीन र जापानलगायतका विकसित देशले भावी न्यायालयमा अवलम्बन गर्ने व्यवस्था, प्रधानन्यायाधीशको भूमिकासहित पारिवारिक न्यायलयका बारेमा छलफल हुनेछ ।
पराजुलीसहितका चारजनालाई आज बिहान जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले स्वागत गर्नुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा