सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इस्लामावाद, असोज २ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती कुलसुम नवाजले लहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गर्नुभएको छ ।
पाकिस्तानको सर्वाेच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ शरिफकी श्रीमतीले उहाँकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनुभएको थियो ।
लाहोरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उहाँले ६१ हजार २५४ मत प्राप्त गर्नुभएको छ । सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याउनुभएको छ ।
आफूले विजय हासिल गरेको खबर थाहा पाएपछि कुलसुमले आफूलाई मतदिने मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँकी छोरी मारयाम शरिफले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा, पानामा पेपर्समा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पद समेत धारण गर्न योग्य नहुने ठहर गरेपछि उहाँ राजीनामा दिएर बस्नुभएको छ ।
पूर्व प्रधानमन्त्री शरिफको राजीनामापछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो । सो चुनावमा सत्तारुढ पीएमएलएन पार्टीबाटै उठेर उहाँले सो बिजय हासिल गर्नुभएको हो । कुलसुम हाल क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । उहाँ लन्डनको एक अस्पतालमा उपचाररत हुनुहुन्छ ।
उक्त विजयपछि पाकिस्तानको सत्तारुढ दल पिएमएलएनले चुनावी नतिजाले नवाज शरिफलाई भ्रष्टाचारको मुद्दामा राजनीतिक षड्यन्त्रको शिकार बनाइएको पुष्टि गरेको प्रतिक्रिया दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा