सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । राष्ट्रपति विद्या भण्डारीले ‘सम्पन्न नेपाल र सुःखी नेपाली’ बनाउने सपना साकार पार्न आफू संघर्षरत रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले मुलुकलाई समृद्ध बनाउने गरी दक्ष जनशक्ति निर्माणमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराइन् ।
काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गदै उनले विद्यालय शिक्षामार्फत् राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानले ओतप्रोत चरित्रवान नागरिक निर्माण गर्नुपर्ने राष्ट्रिय कार्यभार पूरा गर्ने दायित्व सरकारको भएको पनि स्पष्ट पारिन् ।
राष्ट्रपति भण्डारीले पोषण शिक्षालाई विद्यालय तहमै विशेष प्राथमिकता दिनसके भविष्यमा सबै नागरिकलाई स्वस्थ बनाउन सकिने धारणा पनि राखिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा