सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिकाका राष्ट्रपति र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इनले उत्तर कोरियाविरुद्ध आर्थिक र कूटनीतिक दबाब बढाउने सहमति गरेका छन् । उत्तरले लगातार आणविक र क्षेप्यास्त्र परीक्षण गरिरहेकाले यस्तो दबाब दिइएको हो । आइतवार यी दुवै नेताले टेलिफोनमा कुरा गरेका थिए र उनीहरूको कार्यालयले संवादको लिखित प्रति सार्वजनिक गरेको थियो ।
‘राष्ट्रपति ट्रम्प र राष्ट्रपति मूनले निवारण तथा प्रतिरक्षा क्षमतालाई बलियो बनाउन कदमहरू चाल्न तथा उत्तर कोरियामाथि आर्थिक र कूटनीतिक दबाब दिनका लागि प्रतिबद्धता जनाएका छन्,’ ह्वाइट हाउसले वक्तव्य निकालेर बतायो । लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरिया ट्रम्प प्रशासनलाई विदेशनीतिका सम्बन्धमा टाउकोदुखाइ साबित भएको छ ।
तनाव चर्केमा त्यसलाई सामना गर्ने योजना अमेरिकाले बनाउनुपर्ने भएको छ । दुई दिनअघि मात्र उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायलाई चुनौती दिँदै जापानको उत्तरी टापु होक्काइदोमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । ट्रम्पले अमेरिका तथा उसका साझेदारहरू उत्तर कोरियाबाट नतर्सिने बताएका छन् । सीएनएनबाट
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा