सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पदबाट बर्खास्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको हो । निगमको जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका खड्कालाई पदबाट हटाएको हो ।
संसदीय समिति र मन्त्रालयको अध्ययनबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा खरिद गरेको जग्गामा करिब डेढ अर्ब भ्रष्टाचार भएको फेला परेपछि सरकारले कार्यकारी निर्देशक खड्कालाई पदच्यूत गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा