सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २। गत साउनको अन्तिम साता तराई र मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण आर्थिक वृद्धिदर खस्कने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको नेपाल डेभलपमेण्ट अपडेटमा तराईमा बाढी र डुबानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालू आवमा वृद्धि खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान बैंकले गरेको हो ।
बैंकको अनुमानअनुसार सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने देखिएको हो । चालू आर्थिक वर्षका लागि सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । संघीय संरचनामा बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिएको भन्दै बैंकले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट व्यवस्थापनका लागि आवश्यक कानूनी र नीतिगत व्यवस्था गर्नसमेत आग्रह गरेको छ।
तराईमा बाढी र डुबानले कृषिमा ठूलो क्षति गरेको, उपभोगमा कमी र वैदेशिक रोजागारमा जानेको संख्यामा आएको कमीले विप्रेषण आप्रवाह वृद्धि दर घट्दै गएका कारण आर्थिक वृद्धि कम हुने विश्व बैंकका अर्थशास्त्री सुधुम्न दाहालले बताए। उनले बाढी र त्यसपछिको डुबानले ६४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पुगेको एक खर्ब रुपैयाँ बढी नोक्सान भएको प्रारम्भिक अनुमान गरेको छ ।
तीन तहको निर्वाचनपछि मुलुक संघीयता कार्यन्वयन सुरू भएपछि वित्तीय असन्तुलन बढ्ने अनुमान गरिएको छ । यो वर्ष असन्तुलन बढेर ४.३ प्रतिशत पुग्ने दाहालको भनाइ छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा