सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्य-सचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।
काठमाडौंको बूढानिलकण्ठस्थित शर्माको घरमा गएराति अपरिचित समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा विजुलीको तार फेला परेको छ ।
शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा