सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं असोज १ । निर्वाचन आयोगले प्रदेश नम्बर-२ मा भोलि हुने स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज पत्रकार सम्मलन गरी सीमा नाकादेखि मतदान केन्द्र र पुरै प्रदेश नम्बर दुईको निर्वाचन सुरक्षा चुस्त बनाइएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई अपील गरेका हुन्।
‘सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ,’ प्रमुख आयुक्त यादवले भने, ‘सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ।
तसर्थ तपाईको अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्नु हुने कुरामा आयोग ढुक्क रहेको छ।’ प्रमुख आयुक्त यादवले मौन अवधीको सम्मान गर्दै आचारसंहिताको पालना गरिदिन समेत आग्रह गरे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा