सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १ । भदौ ३० गते उत्तरकोरियाले गरेको परमाणु मिसाइल परीक्षण प्रति नेपालले भर्त्सना गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दे राष्ट्र संघको सुरक्षा परिषद् महसन्धि विपरित उत्तर कोरियाले परमाणु मिसाइल परीक्षण गरेको जनाएको छ । सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायको बारम्बारको चेतावनीका बाबजूद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय रहेको समेत जनाएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नरसंहारका लागि प्रयोग हुने हातहतियार निःशस्त्रीकरण गर्नुपर्ने सिद्धान्तमा नेपाल सधैं अविचलित रहेको छ” । साथै नेपालले कोरियाली प्रायःद्विपमा शान्ति र स्थिरता चाहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा