सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफे २–१ को गोल अन्तरले पराजित गरेको हो । ३९ औं मिनेटमा शिबासाकीको गोलबाट गेटाफेले सुरुवाति अग्रता लियो । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि ६२ औं मिनेटमा डेनिसले बराबरी गोल फर्काए ।
८४ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोना २–१ ले विजयी भयो । चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने पराजित गेटाफे ४ अंक जोडेर १२ औं स्थानमा छ ।
राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले मालागालाई १–० ले हरायो । एथ्लेटिकोको नयाँ रंगशालामा भएको खेलमा घरेलु टिमलाई जिताउन एन्टोनी ग्रिजम्यानले ६१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
चार खेलबाट ८ अंक जोडेको एथ्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । राति नै भएका अरु खेलमा भ्यालेन्सिया र लेभान्टेले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसले डिप्रोटिभो डि लाकोरुनालाई २–१ ले हरायो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा