सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भदौ २७ । चलचित्र ‘रुद्रप्रिया’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको चलचित्रले युट्युवमा ट्रेलर सार्वजनिक गरेको हो ।
लभभग दुई मिनेट लामो प्रोमोमा एक्सन, प्रेम र रोमान्सलाई देखाइएको छ । आठ वर्षपछि एकसाथ काम गरेका रेखा र आर्यनको जोडी फिल्ममा देखाइएको छ । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा राजन इशान, टिका पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
स्रिजित मुखर्जीको स्किृप्ट तथा निर्देशन रहेको फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्ममा अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहेको छ ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा