सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख, भदौ ३१ । दैलेखका विभिन्न ११ ओटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ । यसअघि, माथिल्लो कर्णाली आयोजनाको सुरक्षाका लागि पालेतडामा रहेको प्रहरीचौकीले सुरक्षा हेर्ने गरेको थियो ।
अहिले पालेतडाबाट सदरमुकामसम्म पुग्न चार घन्टा लाग्ने गर्दछ । अहिले नगरपालिका निर्माण भएको स्थानको मुख्य केन्द्रभन्दा निकै टाढा अपायकपर्ने स्थानमा प्रहरीचौकी रहेकाले समस्या भएको दैलेख प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रमुख सरोज पौड्यालले चामुण्डा बिन्द्रासैनी नगरपालिकाका लागि इलाका प्रहरीचौकी माग गरेर पठाएको बताए ।
जिल्लामा प्रहरी दरबन्दीसमेत अभाव भएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए । जिल्लाभरका विभिन्न स्थानमा १६ ओटामात्र युनिट रहेका छन् । ३४१ जनाको दरबन्दी रहेको दैलेख प्रहरीमा हाल २७७ जनामात्र रहेको बताइएको छ ।
जिल्लाभर रहेका तीन लाख जनसंख्याको सुरक्षाका लागि प्रहरी संख्या धेरै न्यून भएकाले यसको व्यवस्थापनका लागि सरकारसँग बारम्बार माग गरेर सर्वदलीय बैठकमार्फत् पठाइको सांसद लक्ष्मी पोखरेलले बताइन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा