सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगन्ज, भदौ ३१ । सोमबार हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका जिल्लाका नाका बन्द गरिएको छ । भारतीय अधिकारीहरुसँग समन्वय गरेर नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको हो ।
नाकाबाट हुने सवारी आवतजापतमा पूर्ण रोक लगाइए पनि अतिआवश्यकीय सवारी भने सञ्चालन गर्न दिइएको छ ।
एम्बुलेन्स, इन्धन ढुवानीका सवारी साधन भने सुरक्षा निकायको परामर्शमा सञ्चालन गर्न दिइएको जिल्ला समन्वय समितिहरुले जनाएका छन् ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सिमा नाकामा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा