सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, भदौ ३१ । सोमबार हुने चुनावका लागि महोत्तरीका सबै स्थानीय तहमा तयारी पूरा भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार जिल्लाका १५ वटा स्थानीय तहका सबै मतदान केन्द्रमा मतदान अधिकृत मतपत्र सहित पुगिसकेका छन । चुनावको लागि सबै तयारी सकिएको महोत्तरीका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।
मौन अवधि शुरु भएकाले आचारसंहिताको पूर्ण पालना गर्न उहाँले दललाई आग्रह गर्नुभयो । मतदान केन्द्रमा खटिएका कर्मचारी लगायत मतदान गर्ने मतदाताको सुरक्षा व्यवस्था कडा गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै भारतीय सीमासँग जोडिएका महोत्तरीका सबै नाकाहरु ७२ घण्टाको लागि सिलबन्दी गरिएको छ ।
सीमानाकाबाट बिरामीको हकमा सोधपुछ, अनुसन्धानपछि जान दिईने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । सुरक्षा व्यबस्था कडा बनाउनको लागि तीन तहको सुरक्षा व्यबस्था गरिएको र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । सुरक्षा व्यबस्था मजबुत भएकाले मतदाताले ढुक्क भएर मतदान गर्न श्रेष्ठले आग्रह गर्नुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा