सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भदौ ३१। उत्तर कोरिया र अमेरिकाबीचको तनाव बढ्दो अवस्थामा छ । उत्तर कोरियाले निरन्तररुपमा अमेरिकाको चेतावनीका बीच गरिरहेको क्षेपयास्त्र परिक्षणले तनाव थप बढेको हो । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश परमाणु हतियार विकासको लक्ष्यमा पुगेको दाबी गरेका छन् ।
उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जत्ति नै बनाउने लक्ष्य रहेकोमा त्यो पूरा भएको नेता किमले बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले जनाएको छ । उत्तर कोरियाले जापानको आकाशबाट मिसाइल प्रहार गरेपछि किमले यस्तो बताएका हुन् । उनले विश्वका ठूला देशले आफ्नो देशमाथि प्रतिबन्ध लगाउँदा पनि आफूहरुले परमाणु हतियारको लक्ष्य पूरा गरेको बताएका हुन् । शुक्रबार परीक्षण गरिएको मिसाइल बढी दूरीमा मार हान्न सक्ने अहिलेसम्मकै प्रभावकारी मिसाइल रहेको उत्तर कोरियाले दाबी गरेको छ ।
उत्तर कोरियाले दुई हप्ताअघि पनि जापानको माथिबाट मिसाइल आक्रमण गरेको थियो । त्यसपछि उसले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेको थियो । संयुक्त राष्ट्र संघले त्यसको प्रतिक्रिया स्वरुप उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेको थियो । प्रतिबन्ध कडा पार्ने निर्णय भएको केही दिनमै उत्तर कोरियाले अर्को मिसाइल पनि परिक्षण गरिसकेको छ । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा