सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भदौ ३१ । उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल आयोजक मलेसियासँग प्रतिश्पर्धा गरिरहेको छ। मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ ।
समूह ‘ए’ मा लगातार तीन खेल जितेर शीर्ष स्थानमा रहेको नेपाल मलेसियालाई हराएर फाइनल पुग्ने लक्ष्य साथ आज मैदानमा उत्रिएको छ। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुनेछन् ।
अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् । हङकङले आफनो समूह चरणमा मलेसिया, म्यानमार र चीनलाई हराएको थियो भने नेपालले थाइल्यान्ड, भुटान र सिंगापुरलाई पराजित गरेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा