सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, भदौ ३० । सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ ओटा अतिसंवेदनशील र ८४ ओटा संवेदनशील रहेका छन् भने २६ ओटा मतदानस्थलमात्र सामान्य अवस्थाका रहेका छन् ।
तेस्रो चरणअन्तर्गत् आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्चसुरक्षाको व्यवस्था गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
भारतीय सीमासँग जोडिएका स्थानमा रहेका मतदानस्थलमा हुनसक्ने आपराधिक तथा उच्छृंखलकार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा