सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लन्डन, पश्चिम लन्डनमा अवस्थित एक आवासीय ‘टावर ब्लक’ मा बुधबार बिहानबाट सुरु भएको भीषण आगलागीमा परी हालसम्म ६ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको हुनाले मृतक सङ्ख्या बढ्नेसमेत अनुमान गरिएको छ । सो आवासीय टावर ब्लकमा बुधबार बिहानीपख आगो लागेको हो ।
उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाको बसोबास गर्दै आएको अनुमान गरिएको छ, तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको सङ्ख्या २ सय भन्दा बढी रहेको छ । प्रहरीका अनुसार सयौँको सङ्ख्यामा बसोबास गरिरहेका कैयौँ व्यक्ति थुनिएर रहेको आशङ्का गर्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ । आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धानरत रहेको जनाइएको छ ।
बेलायतमा पछिल्ला केही समययता आतङ्ककारी हमलाहरूको भएको हुनाले यस आगलागीमा पनि आतङ्ककारीको कुनै योजना त होइन भनी व्यापक मात्रामा अनुसन्धान जारी रहेको बताइएको छ । यसले नागरिकहरूमा थप त्रास छाएको छ । तर प्रहरीले भने यस आगलागीमा त्यस्तो कुनै पनि आतङ्ककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक कारणले नै आगो लागेको जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा