सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असार १, – कोरियाको गजेदोस्थित डेउ छोसन नामक पानीजहाज बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार लालबहादुर थापाको दुर्घटनामा बिहीबार मृत्यु भएको छ । बुधबार दिनको साढे १ बजेतिर कार्यस्थलमै करिब ६ मिटर उचाईबाट लडेर भूइँमा झरेका थिए ।
कोल्टो परेर झर्दा थापाको एक भाग पुरै क्षति पुगेको थियो । थापालाई तुरुन्तै देउ अस्पताल पुर्याइए पनि उपचार गर्न नसकी भुसान अस्पतालमा रिफर गरिएको थियो । रातको साढे २ बजे थापालाई चिकित्सकले मृत घोषित गरेको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बूले जानकारी गराए ।
बुटवल उपमहानगरपालिका १३ का बासिन्दा थापाको एक छोरा र पत्नी रहेका छन् । २९ वर्षीय थापा सिविटी परीक्षा दिएर पुनः कोरिया आएका थिए । उनका दाइ पनि गजेदोमै कार्यरत छन् । ‘६ सयभन्दा बढी नेपाली कामदार कार्यरत रहेको देउ कम्पनीमा यसरी दुर्घटनामा नेपाली निधन भएको पहिलो पटक हो’, लिम्बूले जनाए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा