सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे। बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय ध्वजबहाक कम्पनी कतार क्कएयरवेजमा परेको देखिए पनि व्यवहारमा त्यस्तो छैन। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन्।
कुनै पनि वायुसेवा समस्यामा प्दा त्यसको सिधा असर हवाई यात्रुमाथि पर्ने गर्छ। तर कतारसँगको सम्बन्धबिच्छेदले न कतार एयरवेजको उडान ढिला भएको छ न भाडा बढेको छ, न कुनै यात्रु कतै अड्किएका छन्। कतार एयरवेजले दोहाबाट काठमाडौंका लागि हाल दैनिक तीन उडान भरिरहेको छ। उसले यहाँबाट दोहा र दोहाबाट अरू १५० गन्तब्यमा यात्रु उडाइरहेको छ।
‘छिमेकीले सम्बन्ध तोडे पनि हाम्रो उडान प्रभावित भएको छैन। सबै उडान तोकिएको समयमै उडिरहेका छन्,’ कतार एयरवेजका नेपालस्थित कार्यालयका एक उच्च अधिकृतले भने,‘हाम्रो उडान रूट यथावत छ। भाडा पनि बढेको छैन। बरू उल्टै प्रवर्धनात्मक भाडा दर सार्वजनिक गर्छौ।’ कम्पनीले काठमाडौंबाट दोहा हुँदै युरोप अमेरिका जाने टिकट बढी बेच्ने गरेको जनाएको छ। यसो हर्दा दोहाबाट उडेका जहाज सम्बन्धबिच्छेद गरेका राष्ट्रमाथिबाट उड्छन् भन्ने लागे पनि त्यो गलत भएको ती अधिकारीले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा