सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असार १ , काठमाडौं । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् । उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
देउवाको कुण्डलीअनुसार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् ।
वरिष्ठ ज्यातिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछि मात्रै निवास सर्न सुझाएका छन् । ‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गते मात्रै शुभ मुहूर्त छ,’ न्यौपानेले भने, ‘४ दिन बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ ।’ नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा