सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ मंसिर । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले रु. ९८ करोड बराबरको आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्काशन गर्न लागेको छ। यसका लागि कुमारी क्यापिटललाई शेयर बिक्री प्रबन्धक नियुक्त गरिएको छ। सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरेका छन्।
कम्पनीले जलविद्युत, कृषि, पर्यटन, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। हालसालै वीरगंजमा उपकरण भण्डारणका लागि तीन विगाह जमिन खरिद गरिएको छ।
आईपीओमार्फत १ करोड ९६ लाख कित्ता शेयर प्रति कित्ता रु. ५० को दरमा निष्काशन हुनेछ। आईपीओपछि कम्पनीको कूल पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
कम्पनीले बडीमालिका केवलकार, इच्छाकामना केवलकार, र जलविद्युत विकासमा थप लगानी गर्ने योजना बनाएको छ। विगत दुई वर्षदेखि मुनाफामा सञ्चालनमा रहेको यस कम्पनीले आईपीओबाट उठेको रकम जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्न उपयोग गर्ने बताएको छ।
यो आईपीओले सर्वसाधारणलाई जलविद्युत क्षेत्रमा लगानीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा