सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ मंसिर । बझाङ जिल्लाको रायाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ११:०२ बजे ३.०९ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यस भूकम्पले सो क्षेत्रमा सामान्य धक्का महसुस भएको जनाइएको छ।
यसअघि, मंसिर ६ गते बिहान कास्की र मनाङको सीमाना क्षेत्रमा ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा भूकम्पको श्रृंखला जारी रहेको र यी घटनाहरूले नेपाल भूकम्पीय दृष्टिले जोखिमपूर्ण क्षेत्र रहेको प्रमाणित गरिरहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपाल भूकम्पीय जोखिममा रहेको देश भएकोले नागरिकलाई सधैं सतर्क रहन तथा भूकम्पका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायहरूले सुझाव दिएका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा