सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रोश व्यक्त गरेका छन् । आज, ३१ जेठमा वीरगञ्जको घण्टाघर अगाडि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले राजपाले गरेको आन्दोलनलाई यादवले ‘पारीको आन्दोलन’ भनेको भन्दै उनले ‘मानसिक सन्तुलित गुमाएको’ आरोप लगाए ।
“हिजोसम्म हाम्रो आन्दोलनलाई केपी ओलीले पारीको आन्दोलन भन्थे, अहिले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले त्यसो भन्दैछन्,” महतोले भने, “उपेन्द्र यादव केपी ओलीका नयाँ अवतार हुन् ।” उनले संघीय समाजवादी फोरम नेपालको कार्यलयमा तोडफोड र नेता कार्यकर्तामाथि दुव्र्यवहारमा राजपा नेपालको संलग्नता नरहेको दाबी गरे । उनले भने, “संघीय समाजवादी फोरम मधेशविरुद्ध लागेका कारण जनताले आक्रमण र तोडफोड गरेका हुन् ।” १४ असारका लागि तोकिएको निर्वाचन घोषित मितिमै नभए देशमा केही समस्या नआउने दाबी गर्दै महतोले थपे, “प्रधानमन्त्रीको कुर्सी पनि खोसिंदैन तर, जबरजस्ती निर्वाचन गराउने हो भने देश र मधेश दुबै बरबाद हुन्छ ।” मधेशमा स्थानीय तहको संख्या थप्ने र संविधान संशोधन गर्ने काम पूरा भएपछि मात्रै राजपाले निर्वाचनमा भाग लिने उनको भनाई थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा