सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, जेठ ३१- भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका– २ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो ।
पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानका लागि सदरमुकाम मुसिकोट ल्याइँदैछ । बन्दुक लिएर भागेका अर्को एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा