सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । देशका विभिन्न स्थानमा विद्युत सर्टका कारण भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ ।
सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ ।
सिराहाको लहान नगरपालिका–८ स्थित मृग्रेन्द्र साहको कम्प्युटर सप्लायर्समा विद्युत सर्टका कारण बिहीबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन ।
खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका २६ वर्षीय भूमिराज राईको घरमा दिउँसो लागेको आगोले घर पूर्ण रूपमा जलेर करिब चारलाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका–१ भन्सार चोकमा ६५ वर्षीय नौलसिंह थापाको गोठमा साँझ भएको आगलागीबाट गोठभित्र रहेका चौपाया, अन्नपात, भाँडावर्तन, र फर्निचर लगायतका सामग्री जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका राजकिशोर रायको घरमा राति आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा