सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले राजेन्द्र महतो भारतीय भएको र उनले झुक्याएर नेपाली नागरिकता लिएको आरोप लगाएका छन् ।
मंगलबार अन्र्तवार्तामा उनले भनेका छन्– राजेन्द्र महतोको घर छ उता इन्डियापट्टि । कोहरबा भन्ने ठाउँका मान्छे हुन् उनी । नेपाली त पछि बनेका हुन् । ढाँटेर नागरिकता लिएका हुन्। हाम्रो सभा बिथोल्न त्यही कोहरबाबाट मान्छे ल्याइएका थिए। तर, जब नेपाली मधेसीहरूले डन्डा उठाए, त्यसपछि भारतबाट ल्याइएका भाडाका मान्छे भागे। त्यत्रा जनता हाम्रो पार्टीमा प्रवेश गर्न आए। यसले जनता चुनाव चाहन्छन् भन्ने संकेत गर्छ ।’ चुनाव बहिष्कार गर्ने मधेसी नेताहरुले जनतालाई धोका दिन लागेको उनको ठहर छ । राजपाभित्रै मारामार भएकाले उनीहरु चुनावमा जान डराएको यादबले आरोप लगाएका छन् ।
पटक–पटक चुनावको मिति सारेर जनतालाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने भन्दै यादवले सरकारले पनि तोकीएको मितिमा चुनाव सम्पन्न गरेर आफूले गरेका बाचा पूरा गर्नुपर्ने बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा