सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३१ जेठ, रौतहट । राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ ।जिल्लास्थित सम्पूर्ण सामुदायिक विद्यालय, व्यापारिक प्रतिष्ठान, कलकारखाना बन्द रहेका छन् ।
राजपाका कार्यकर्ताहरु आज विहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार एरिया लगायत विभिन्न स्थानहरुमा टायर बालेर नारावाजीसहित प्रदर्शन गरिरहेका छन् । बन्दका कारण गौरबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका सवारीसाधनहरु पूर्णरुपमा बन्द हुँदा सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा