सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
मङ्गलबारदेखि राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको बन्दका कारण राजमार्गमा रोकिराखेको को १ ख ३९७४ नं. को बाँस लोड गरेको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प ६२५३ नं. को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको तेरौता–७ बस्ने ४० वर्षीय तेजनारायण चौधरी र पछाडि सवार नाम र ठेगाना नखुलेका अन्दाजी २१ वर्षीय एकजनाको मृत्यु भएको छ । ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा