सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ। अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रभावशाली जित निकालेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिनाले सिंगापुरलाई ६ ० ले पराजित गरेको हो ।
सिंगापुरको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना कप्तान लियोनल मेस्सीबिना नै मैदान उत्रिएको थियो ।
२० औँ मिनेटमा फेडेरिको फाजिओले अर्जेन्टिनाको लागि गोलको खाता खोलेका थिए । ३१ औँ मिनेटमा जोकिन कोरियाले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले २ ० को अग्रता लिएको थियो ।
कमजोर प्रदर्शन गरेको सिंगापुरविरुद्ध अर्जेन्टिनाले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । अर्जेन्टिनाका एलेहान्ड्रो गोमेजले ६० औँ, लियान्ड्रो पेरेडिसले ७४ औँ तथा लुकास एलारोले ९० औँ मिनेटमा गोल गरे । इन्जुरी समयमा एन्जल डि मारियाले गोल गरेपछि अर्जेन्टिनाले ६ ० को जित सुनिश्चित गर्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा