सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी हुन मंगलबार स्वीटजरल्याण्डको जेनेभा भ्रमणमा गएकी छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० १०६ औं सेसनअन्तर्गतको एक बैठक अन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’ मा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
मंगलबार अपरान्ह ५ बजे राष्ट्रपति भण्डारीलाई उपपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर लगायतका विशिष्ट ब्यक्तिहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् ।
राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्वीटजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वर्ल्ड अफ वर्ल्ड समिटमा सहभागी हुन गएकी हुन् । उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीलाई मुख्य वक्ताको रुपमा निम्ता गरिएको छ ।
उक्त सेसनका तीन प्रमुख वक्तामध्ये एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रममा हासिल उपलब्धिबारे बोल्नेछिन् ।
हिजोमात्र नेपालले श्रम संगठनको गभर्निङ बोर्डमा सहभागिताको निर्वाचन जितेको थिायो । राष्ट्रसंघभन्दा जेठो संस्था आईएलओको गभर्निङ बडीमा नेपालले पहिलो पटक सरकारीस्तरबाट उम्मेदवारी दिने र नेपालले आइएलओको धेरै पक्षमा हस्ताक्षर समेत गरेकाले नेपालबाट उनलाई निम्त्याइएको हो । यस्तो विशेष कार्यक्रमको सम्मेलनमा नेपालबाट पहिलो पटक राष्ट्रप्रमुखको हैसियतबाट विद्यादेवी भण्डारी सहभागी हुन लागेकी हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा