सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३० काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचनसम्बन्धी मुद्दाको पेशी सर्वोच्च अदालतमा आज पनि चढ्न सकेन । भरतपुर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि गत आइतबार हेर्न समय नभ्याइएको कारण सुनुवाइ आजका लागि सारिएको थियो । सार्वजनिक सरोकारको मुद्दा तल अर्थात् क्रम संख्या ‘थ’ मा राखिएकोले आज पनि हेर्न नसकिएको हो ।
आयोगको निर्णय खारेजीको मागसहित वडा सदस्यका उमेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएको मत बदर गरी बाँकी मतपत्र गणना गर्न माग गर्दै रिट दायर गरेका थिए ।
सो मुद्दामाथि आज कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो । गत आइतबार सर्वोच्चले न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा तोकेको बेन्च ८ नं इजलासको क्रम संख्या ध मा राखेकोले मुद्दा पेशी नै नचढी समय सकिएको थियो । आज भने उक्त मुद्दा क्रम संख्या ‘थ’ मा राखिएको थियो ।
यसअघि न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले चितवन भरतपुर महानगरपालिका वडा नं. १९ मा जेठ २८ गतेसम्मको लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी गरेको थियो । निर्वाचन आयोगले जेठ २० गते शनिबार भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । उक्त विवादका दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले पुनः मतदान गर्न दिने वा नदिने निर्णय गर्नेछ । मतपत्र च्यातिएपछि एमालेले पुनः मतगणनाको माग गरेको थियो भने कांग्रेस र माओवादीले पुनः मतदानको माग गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा