सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०, काठमाडौं । न्यायपरिषदले प्रधानन्याधीशका लागी गोपाल।पराजुलीसहित ६ न्यायाधीशको नाम सिफारिस गरेको छ । आज बसेको न्यायपरिषद बैठकले सर्बोच्च अदालतको आगामी नेतृत्वका लागि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली , ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, दीपकराज जोशी, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको को नाम सिफारिस गरेको हो ।
यसअघि निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले वरिष्ठतम् न्यायाधीश पराजुलीसहित सर्बोच्चमा तीन वर्ष अवधि पुगेका अन्य पाँच जनाको नाम पनि सिफारिस गरेकी थिइन् ।न्यायपरिषद् अध्यक्षसमेत रहेकी कार्कीले बैठक नै नडाकी गरेको सिफारिस परिषद बैठकले छाँटेर एकल नाम मात्र सिफारिस गरेको हो ।
न्यायपरिषदको सिफारिसलाई संबैधानिक परिषदबाट पनि निर्णय भएपछि संसदीय सुनुवाईमा जान्छ । संबैधानिक परिषदबाट सिफारिस भएको ३५ दिनभित्र संसदीय सुनुवाई गर्नुपर्ने हुन्छ । ३५ दिन भित्र सुनुवाई नगरेमा स्वतस् सिफारिस भएको मानिने कानुनी प्रावधान छ ।
संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर बहुमतबाट वा सर्वसम्मतबाट सिफारिस गरेपछि राष्ट्रपतिले पद तथा गोपनियताको सपथ ग्रहण गराइन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा