सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं – ३० जेठ, नेपाली कांग्रेसले भोलीसम्म स्थानीय तह दोस्रो चरणको चुनावका लागि उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबारसम्ममा दोस्रो चरणको स्थानीय चुनावको लागि उम्मेदवारी तय गरिसक्ने निर्णय गरेको हो ।
कांग्रेसले विवादित ठाउँमा भने सम्बन्धित पार्टी समितिकै सहमतिमा उम्मेदवारको टुंगो लगाउने मापदण्ड नै तय गरेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएकोले मंगलबार नै उम्मेदवारको टुंगो लगाउन सक्ने अवस्था नरहेको नेता महेश आचार्यले जानकारी दिए । आगामी असार १४ गते ४ सय ६१ वटा स्थानीय तहमा चुनाव हुँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा