सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अब जथाभावी बाटो काट्ने पैदलयात्रीसँग ट्राफिक प्रहरीले दुई सय रुपैयाँ जरिवाना लिन नपाउने भएका छन् ।
जथाभावी सडक काट्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माले पैदलयात्रीसँग जरिवाना स्वरुप पैसा नलिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन । पर्याप्त तयारी विना नै पैदलयात्रीविरुद्ध कारवाही अभियान सुरु भएको भन्दै चौतर्फी आलोचना भईरहेको बेला गृहमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
यद्यपी जथाभावी सडक पार गर्ने यात्रुले अब आधा घण्टा सचेतना जागरण कक्षा भने लिनुपर्नेछ । यस अघि दुई सय नहुनेलाई ट्राफिक प्रहरीले तीन घण्टा नियन्त्रणमा राख्ने गरेको थियो ।
कोहीसँग पैसा हुने र कोहीसँग नहुने भएकाले अब सचेतना कक्षा दिन गृहमन्त्रीले निर्देशन दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले प्रत्येक १ सय २० मिटरको दुरीमा जेब्राक्रसिङ बनाउने कार्य भईरहेको छ ।
गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्नेछ ।
ट्राफिक प्रहरी प्रमुख लामाले यसअघिको निर्णय आजैदेखि खारेज हुने जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा