सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलव शीर्षकमा अनियमति रुपमा निकासा दिइएको रहस्य खुलेको छ ।
हाल सरुवा भएर श्रम विभाग काठमाडौं पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलव निकासा दिइएको र करिव ४० लाख रकम अपचलन भएको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए । उनले भने–करिव २२ जना फर्जी कर्मचारी खडा गरी तलव खुवाइएको छ ।
सुत्रले जानकारी दिए अनुसार अधिकृत केसीका नातेदार धन बहादुर केसीको नाममा मासिक २२ हजारका दरले ७ महिना लगातार तलव पठाइएको छ । धन बहादुर दाङ्गमै बसेर गोलबजार नगरपालिकाबाट महिनैपिच्छे तलव बुझ्ने भाग्यमानी हुन् ।
अधिकृत केसीका सानीआमाका कान्छा छोरा र बुहारी – गोलबजार नगरपालिका वडा नं. ७ का ) दुवै जनालाई काम नगरी गोप्य रुपमा ७ महिनासम्म तलव प्रदान गरिएको छ ।
अधिकृत केसीले गोलबजार नगरपालिका वडा नं. ३ मुसहर्नियाका ३ जना युवाहरुलाई अघोषित रुपमा आफ्नो सुरक्षामा खटाएर गोप्य रुपमा तलव उपलब्ध गराएको सुत्रहरुको दावी छ ।
त्यसैगरी नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफ्ना स्वजातीय बन्धु वान्धव र एमालेका कार्यकर्ताहरु करिव ७ जना र शेषर यादव नाम गरेका अर्का एक कार्यकर्तालाई कामै नगरी तलव खुवाएका छन् ।
मेयरकै सिफारिसमा चुनावताका आफूलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्रका नवीन लामालाई पनि कामै नगरी तलव दिइदै आएको छ । उप प्रमुख मान्ती साहका नातेदार अरुण साहलाई पनि कामै नगरी नियमित रुपमा तलव प्रदान गरिएको छ ।
बिना नियुक्ती फर्जी कर्मचारीको रुपमा तलव खानेहरुमा सन्तोष राय पनि छन् । सुत्रले जानकारी दिए अनुसार यिनी अधिकृत केसीको प्रियपात्र थिए ।
नगरपालिकामा कार्यरत इन्जिनियर जय किशोर साहले आफ्ना भाइ (काकाका छोरा) लाई विगत ७ महिनादेखि तलव खुवाएका छन् । जवकी उनले एक दिन पनि नगरपालिकामा काम गरेका छैनन् ।
नगरपालिकामा कार्यरत लेखा प्रमुख गंगा मण्डलले पनि आफ्ना नातेदार रामकुमार शर्मालाई विगत एक वर्षदेखि कामै नगरी तलव निकासा दिलाएका छन् ।
प्राप्त जानकारी अनुसार गोलबजारको एक निजी अस्पतालमा कार्यरत अनील कुमार ठाकुर र वडा नं. १२ बलकवाको उप स्वास्थ्य चौकीमा कार्यरत तेज नारायण यादवकी पत्नी मन्दिरा देवी यादवको नाममा गत अशोज २९ गते ४–४ महिनाको तलव निकासा दिइएको छ ।
मन्दिरा यादव गोलबजार स्थित जय गोविन्द साह पोली टेक्निकल इन्सिटिच्युटमा डि फर्मा अध्ययन गर्दै गरेकी छात्रा हुन् ।
कार्यपालिका सदस्य फुलेस्वर नायक भन्छन् नगरपालिका भित्र मनमौजी छ । नियम कानूनको कुनै पर्वाह छैन । कार्यपालिकाको निर्णय नै भएको छैन । दरवन्दी सिर्जना गरिएकै छैन । तर पनि नियम मिचेर करार र ज्यालादारीमा सम्झौता गराएर कामै नगरी दर्जनौ व्यक्तिहरुलाई तलव निकासा दिइन्छ । यो सरासर भ्रष्टाचार हो ।
माओवादी केन्द्रका स्थानीय नेता रामचन्द्र सिंह भन्छन् मेयर आफैले आफ्ना आसेपासेलाई पाल्न गैर कानूनी रुपमा तलव खुवाएपछि हाकिम, इन्जिनियर , उप प्रमुख र लेखाले किन छाड्थे र ! सबैले तलव खाने सूचीमा आ–आफ्नालाई घुसाएका छन् । घोर अनर्थ र सरासर अपचलन गरिएको छ ।
जनमत पार्टीका स्थानीय नेता रामप्रगेस महतो भन्छन् आउँदो बुधवार हामी नगरपालिकामा जाँदैछौं । कथित कर्मचारी खडा गरी तलव खुवाएको देखिए नगरपालिकामा तालावन्दी गर्छौ र दोषीहरुलाई निलम्वन गरेर कारवाही प्रकृया आरम्भ नगरेसम्म कार्यालय सञ्चालन हुन दिंदैनौ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा