सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ३० जेठ । काठमाडाँैबाट नगद र जिन्सी चोरी गरेर फरार भएका दुई जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । चोरी गरेर काठमाडाँैबाट बस चढेर पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट आज बिहान पक्राउ गरिएको हो ।
दुवैजना काठमाडाँै महानगरपालिका– ३२ तीन कुने गौरीगाउँस्थित विवेक अधिकारीको घरबाट गत जेठ २४ गते रु ५० हजार, मोबाइललगायत इलेक्ट्रोनिक सामान चोरी गरेर फरार भएका थिए । उनीहरुको पिछा गर्दै चितवन आइपुगेका अधिकारीले प्रहरीलाई खबर गरेपछि दुवैजनालाई पक्राउ गर्न सकिएको हो । दुवैजनालाई कारबाहीका लागि आजै काठमाडौँ पठाइने प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा